आठौँ नेक्सस कप–२०८२ : दोस्रो दिनका पाँच खेलमा उत्कृष्ट प्रदर्शन, आठ टिम क्वार्टरफाइनलमा

काठमाडौँ — मध्यपुर युथ एसोसिएशनको खेलमैदानमा जारी आठौँ नेक्सस कप फुटबल प्रतियोगिता २०८२ को दोस्रो दिन पाँच प्रतिष्पर्धात्मक खेल सम्पन्न भए। दमदार प्रदर्शनका आधारमा लाइसियम प्याराडाइज, ग्रीनवीच एकेडेमी–ए, वेदिक स्कुल, अर्किड प्युपल सेकेन्डरी स्कुलएकलव्य सेकेन्डरी स्कुलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

पहिलो दिनका विजेता नेक्सस एकेडेमी, कस्तुप एकेडेमीनालान्दा स्कुल समेत अन्तिम आठमा पुगेपछि प्रतियोगिता झनै प्रतिस्पर्धात्मक बनेको छ। फिफाका ‘लज अफ द गेम’ अनुसार सञ्चालन भइरहेको नकआउट प्रणालीले खेलको स्तर उकासेको आयोजकको मूल्यांकन छ।

प्रतियोगिताले विद्यार्थीको शारीरिक क्षमता, नेतृत्व कौशल, आत्मविश्वास र खेलभावना सुदृढ गर्ने उद्देश्य बोकेको आयोजक पक्षले जनाएको छ।

क्वार्टरफाइनल चरण भोलिदेखि सुरु हुने क्रमसँगै प्रतियोगिता निर्णायक मोडमा प्रवेश गर्दैछ। नेक्सस कपको वार्षिक निरन्तरताले विद्यार्थी फुटबलमा नयाँ ऊर्जाको सृजना भइरहेको आयोजकले उल्लेख गरेको छ।