कागेश्वरीमा प्रभावकारी बन्दै उप–प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम, गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्स–रे सेवा

गोठाटार (कागेश्वरी मनोहरा) : कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित उप–प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत “गर्भवती महिलादेखि नवजात शिशुसम्म” कार्यक्रम अन्तर्गत निशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन भइरहेको छ ।

त्यसै सिलसिलामा कागेश्वरी मनोहरा नगरपालिका–स्थित गोठाटार स्वास्थ्य चौकीमा २० जना गर्भवती महिलाहरूका लागि निशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको हो। त्यस्तै, भद्रबासमा १३ जनाको अल्टा साउण्ड गरिएको छ ।

कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्य सुरक्षासँगै मातृ तथा नवजात शिशु स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।