कागेश्वरी मनोहरा नगरपालिकामा प्राङ्गारिक मल र कृषि चुना वितरण सुरु

थली (काठमाडौं) : कागेश्वरी मनोहरा नगरपालिकाले किसानका लागि आवश्यक प्राङ्गारिक मल तथा कृषि चुना वितरण गर्न थालेको छ।

नगरपालिकाका अनुसार हाल आवश्यक परिमाणको मल तथा कृषि चुना स्टकमा उपलब्ध भएकाले सम्बन्धित किसान, कृषि समूह, सहकारी संस्था तथा फार्महरूलाई नगरपालिकामा आएर लिन आग्रह गरिएको छ।

नगरपालिका स्रोतका अनुसार कृषि उत्पादन वृद्धि, भूमि उर्वरता सुधार तथा रोग–कीरा नियन्त्रणका लागि मल र चुना वितरण गरिएको हो। सम्बन्धित कृषक तथा संस्थाहरूले समयमा मल र चुना प्राप्त गरी कृषि गतिविधि अघि बढाउन नगरपालिकाले अनुरोध गरेको छ।