कागेश्वरी नगरपालिकामा शाखा प्रमुख र वडा सचिवकाे संयुक्त बैठक, सेवा प्रवाह प्रभावकारी बनाउन मेयर कार्कीको निर्देशन

थली, मंसिर, २५: कागेश्वरी मनोहरा नगरपालिकामा शुक्रबार नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुबेदी, शाखा प्रमुखहरू तथा वडा सचिवहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा विभिन्न शाखाबीच समन्वयलाई अझ प्रभावकारी र परिणाममुखी कसरी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै नगरबासीले पाउनुपर्ने सेवाहरूलाई अझ छिटो, सहज र गुणस्तरीय रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले विशेष जोड दिए ।

नगरप्रमुख कार्कीले समन्वय, पारदर्शिता र सेवा–प्रवाहमा सुधारमार्फत नगरपालिका विकासलाई नयाँ गति दिन सकिने बताउँदै सबैलाई आफ्नो भूमिकाप्रति जिम्मेवार बनाई अघि बढ्न आग्रह गर्नु भयो ।