कागेश्वरी मनोहरा नगरपालिकाको टोलीद्वारा तिलोत्तमा नगरपालिकामा राजस्व व्यवस्थापन अध्ययन–अवलोकन भ्रमण

कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख शान्ता थापाको नेतृत्वमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिकामा गरिएको राजस्व व्यवस्थापन सम्बन्धी अध्ययन–अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

भ्रमणका क्रममा स्थानीय तहमा राजस्व संकलन, व्यवस्थापन तथा कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरूको अध्ययन तथा अनुभव आदान–प्रदान गरिएको थियो। यसले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उपप्रमुख थापाले प्राप्त अनुभव र सिकाइलाई आफ्नै नगरपालिकामा व्यवहारमा उतारी राजस्व प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने राजस्व शाखा प्रमुख, शाखाका सम्पूर्ण कर्मचारी, राजस्व समितिका सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै सरोकारवालाप्रति उपप्रमुख थापाले धन्यवाद व्यक्त गर्नुभएको छ।