थली, ४ पुस : कागेश्वरी मनोहरा नगरपालिका–७ नं. वडाका स्वर्गीय वडा अध्यक्ष भिमसेन थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न नगरपालिका प्राङ्गणमा शोकसभा कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

वक्ताहरूले स्वर्गीय थापाले आफ्नो कार्यकालभरि जनसेवा, विकास निर्माण, सुशासन र वडा बासिन्दाको हितका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनले नगरपालिकाले एक कर्मठ, इमानदार र जनप्रिय नेतृत्व गुमाएको बताए।

स्वर्गीय भिमसेन थापाले वडाको समग्र विकास, सामाजिक सद्भाव र जनताको समस्या समाधानमा पुर्याउनुभएको अमूल्य योगदान सधैं स्मरणीय रहने उल्लेख गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।








