यूरोकिड्स गोठाटारले मनायो बुबाको मुख हेर्ने दिन

काठमाडौं । यूरोकिड्स गोठाटारले बुबाको मुख हेर्ने दिन विशेष कार्यक्रमसहित मनाएको छ । अभिभावकहरुसहितको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा सानासाना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए । बालबालिकाको प्रस्तुति हेर्दा अभिभावकहरू उत्साहित र भावुक बनेका देखिन्थे।

अभिभावकहरुसंगको विविध खेलले कार्यक्रमलाई थप रोमान्चक बनाएको थियो । कार्यक्रममा नेपाली संस्कृतिमा विशेष महत्व राख्ने बुबाको मुख हेर्ने दिनबारे चर्चा गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष नवराज काफ्लेले कार्यक्रममा बोल्दै यस्ता महत्व बोकेका दिनहरुले बालबालिकामा पारिवारिक सम्बन्धप्रति आदर, संस्कार र कृतज्ञता जगाउने बताउनु भयो। उहाँले कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीलाइ धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता क्रियाकलापलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिनुभयो।

पछिल्लो समय विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। शिक्षण पद्धति, अनुभवी शिक्षक र बालमैत्री वातावरणका कारण यूरोकिड्स गोठाटार अभिभावकमाझ लोकप्रिय बन्दै गएको हो ।

विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । विद्यार्थीको व्यक्तित्व विकास र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको यू्ररोकिड्स गोठाटारका प्रवन्ध निर्देशक हेमन्त गौतमको भनाई छ ।