काठमाडौँ, कागेश्वरी मनोहरा — रोटरी क्लब साँखु र रोटरी क्लब काठमाडौं सर्कलले कागेश्वरी मनोहरा नगरपालिकालाई विपद् व्यवस्थापन क्षमता सुदृढ बनाउन सहयोगस्वरूप विभिन्न फायर फाइटिङ सामग्री हस्तान्तरण गरेका छन्। क्लबहरूले नगरपालिकालाई ३ थान फायर हेल्मेट, ३ सेट बुट, ३ सेट फायर ड्रेस तथा एम्बुलेन्स चालकका लागि १ सेट पीपीई प्रदान गरेका हुन्।
उक्त सहयोग नगरपालिकाको विपद् पूर्वतयारी र जनसुरक्षालाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरणका क्रममा संस्थाले नगरको सुरक्षात्मक क्षमतामा थप बल पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ ।
फायर फाइटिङ तथा आपत्कालीन सेवाका आवश्यक सामग्रीसँगै अब नगरवासीहरूले आफूलाई अझ सुरक्षित महसुस गर्दै निश्चिन्त रूपमा बस्न सक्ने विश्वास व्यक्त गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिका सुरक्षित, सुदृढ र सक्षम नगरपालिका निर्माणतर्फ निरन्तर अघि बढिरहेको छ। सो क्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा र वडा नम्बर ४ का वडा अध्यक्ष धन श्रेलगायत सहभागी हुनुहुन्थ्यो ।





