स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कागेश्वरी मनोहरा नगरपालिकाको छलाङ्ग, कुन वर्षमा कति अंक ल्यायो ?

काठमाडौं (थली), ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ ।

मन्त्रालयले गुणस्तर परिक्षण पश्चात् सार्वजनीक गरेको सुचना अनुसार कागेश्वरी मनोहरा नगरपालिकाले हाल सम्मकै सर्वोउत्कृष्ट अंक प्राप्त गर्न सफल भएको छ । नगरपालिकाले यो वर्ष ८३.७५ अंक प्राप्त गर्न सफल भएको हो ।

नगरपालिकाको प्रारम्भिक नतिजा ८६.५ भएता पनि गुणस्तर परिक्षण पश्चात् ८३.७५ कायम भएको हो । यस अघि आव २०७६/७७ मा ६८, ०७७/७८ मा ७१.५, ०७८/७९ मा ६१.५, ०७९/०८० मा ६७.२५ प्राप्त गरेको थियो ।

यो पटक कागेश्वरी मनोहराले काठमाडौं महानगरलाई समेत उछिनेको छ । कागेश्वरीले ८३.७५ अंक प्राप्त गर्दा काठमाडौं महानगरपालिकाले ८१.७५ अंक पाएको छ ।

यो उपलब्धिले स्थानीय तहमा सेवा प्रवाह, संस्थागत विकास, पारदर्शिता, र सुशासनतर्फ नगरपालिकाको प्रतिबद्धता झल्काउँछ। नगरपालिकामा नगर प्रमुख नेपाली कांग्रेसबाट निर्वाचीत उपेन्द्र कार्की हुनुहुन्छ । कार्की नेपाल नगरपालिका संघ बागमती प्रदेशको संयोजक समेत हुनुहुन्छ ।

त्यस्तै, कीर्तीपुर नगरपालिकाले ७५.२५ अंक, गोर्कणेश्वर नगरपालिकाले ६८.५० अंक, चन्द्रागिरी नगरपालिकाले ८०.५० अंक, दक्षिणकाली नगरपालिकाले ६३ र शंखरापुर नगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । यी नगरपालिका भन्दा कागेश्वरीले अग्रस्थान हासिल गर्न सफल भएको हो ।

काठमाडौंमा कुन पालिकाले कति अंक ल्याए ?