कागेश्वरी मनोहरा नगरपालिकाले काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग नीति, अनुसन्धान र प्रशिक्षणमा सहकार्य गर्ने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले सेवा प्रवाह, नीति निर्माण, तथा ज्ञान–आधारित नेतृत्व क्षमतामा उन्नति गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) का डिन डा. विजय केसी सँग औपचारिक भेटघाट सम्पन्न गरेको छ।

नगर प्रमुख उपेन्द्र काकी तथा अध्ययन तथा अनुसन्धान शाखाका प्रतिनिधिहरूले भेटघाटमा अनुसन्धान, सर्वेक्षण, व्यवस्थापन सम्बन्धी तालिम, र नीति विकासका क्षेत्रमा निकट भविष्यमा एमओयू मार्फत दिगो सहकार्य स्थापना गर्ने विषयमा विस्तृत समन्वय भएको जानकारी गराइएको छ।

प्रतिनिधिहरूले KUSOM Policy Lab को अवलोकन पनि गरेका छन्, जसले स्थानीय सरकार र शैक्षिक संस्थाबीचको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जगाएको छ।

नगरपालिकाले अनुसन्धान, नीति निर्माण, र उद्यमशीलतामा अग्रणी बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यस सहकार्यले कागेश्वरी मनोहरालाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा स्थापित नगर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ।