काठमाडौं, मंसिर, २९ : कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेको कागेश्वरी मनोहरा नगर अस्पतालले बायोमेडिकल इन्जिनियर पदमा एक जना कर्मचारी करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
अस्पतालद्वारा प्रकाशित सूचनाअनुसार बायोमेडिकल इन्जिनियर पदका लागि Biomedical Engineering विषयमा चार वर्षे स्नातक तह उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ परिषदबाट प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।
सरकारी वा निजी अस्पतालमा कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी कार्यअनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने अस्पतालले जनाएको छ।
सूचना पहिलो पटक प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन कागेश्वरी मनोहरा नगर अस्पतालको प्रशासन शाखामा पेश गर्नुपर्नेछ। बायोमेडिकल इन्जिनियरले गर्नुपर्ने कार्य (TOR) अस्पतालको वेबसाइटमार्फत वा प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।
थप जानकारीका लागि अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।






