थली, ६ पौष : कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित सामुदायिक विद्यालय कान्ति भैरव माध्यमिक विद्यालय, थली मा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ।
नवगठित व्यवस्थापन समितिको अध्यक्षमा निलाम्बर घिमिरे चयन हुनुभएको छ। पदेन सदस्यका रूपमा वडा नं. ५ का वडाध्यक्ष शंकर पाण्डे रहनु भएको छ भने सदस्य–सचिवमा तिर्थराज कोइराला चयन हुनुभएको छ।
यसैगरी समितिका सदस्यहरूमा सूर्यबहादुर के.सी, चिन मोक्तान, शान्ता खनाल पौडेल, अनिता ढुङाना पराजुली तथा कमला कोइराला रहनुभएको छ। शिक्षक प्रतिनिधिका रूपमा विष्णु पौडेल चयन हुनुभएको छ।
नयाँ व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक वातावरण सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।





