एकीकृत काँडाघारी सेवा समाजको १०औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का टोल सुधार समाजहरूको छाता संगठन एकीकृत काँडाघारी सेवा समाज को १०औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँ क्षेत्र नं. २ का माननीय सांसद सुनिल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

सोही अवसरमा सम्पन्न साधारण सभाबाट डोलनाथ पोखरेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। उक्त कार्यसमितिमा महासचिव लिलाधर दाहाल, सचिव लोकबहादुर बस्नेत तथा कोषाध्यक्ष ईश्वर पोखरेल चयन हुनुभएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाजको संस्थागत विकास र सामाजिक एकतामा यस साधारण सभाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।