उपत्यका विकास प्राधिकरण समय सापेक्ष चल्न सकेन्, यसको पुनर्सरचना आवश्यक छ: उपेन्द्र कार्की

काठमाडौं: नेपाल नगरपालिका संघ बागमती प्रदेश संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) पुनर्सचरनाको खाँचो रहेको बताउनु भएको छ ।

मुलुकमा शाषकीय स्वस्प परिवर्तन भएर राज्य पनुर्सरचना हुँदा पनि केभीडीए भने समयसापेक्ष चल्न नसकेकेको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीसँगको भेटमा मेयर कार्कीले काठमाडौं सहरलाई एकीकृत शहरका रुपमा विकास गर्ने उद्देश्य अनुरुप पंचायतकालमा स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वरुप हालसम्म पनि परिवर्तन नभएकोमा ध्यानर्कषण गराउनुभयो ।

‘प्राधिकरण स्थापना भएदेखि आजसम्म शाषकीय स्वस्पमा परिवर्तन हुन सकेको छैन । यसको ऐन जस्ताको तस्तै छ’ , मेयर कार्कीले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा १८ वटा नगरपालिका भइसकेका छन् गाउँपालिकालाई समेत उपत्यका मेयर्स फोरमले जोड्न खोज्दैछ। तर प्राधिकरणको ऐनले तत्कालीन समयमा रहेका काठमाडौं, लतिलपुर, भक्तपुरलगायत केहि नगरपालिकालाई मात्र चिन्छ । बोर्डको गठन संरचना अहिले सम्म पुरानै स्वस्पमा चलीरहेको छ । त्यही बोर्ड बसेर महत्वपूर्ण निर्णय गर्ने गरिन्छ । त्यसैले उपत्यकाको एकीकृत रुपमा विकास गर्ने हो भने थप भएका नगरपालिकालाई समेटेने गरि एकीकृत पुनर्सरचना गर्न आवश्यक छ ।’

काठमाडौंको समग्र नदी नालाको संरक्षण तथा ढलको ब्यवस्थापनको लागि गठन गरिएको बागमती सभ्यता एकीकृत विकास समितिको पनि पुनर्सरचना आवश्यक रहेकोमा जोड दिनुभयो । समितिको नीतिगत रुपमा सुधार गर्नुपर्नेमा मेयर कार्कीको जोड छ ।

मेयर कार्कीले लामो समयदेखि स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न र आउँदो मन्त्रिपरिषद् बैठकबाटै यसलाई टुंग्याए जनतालाई ठूलो राहत मिल्ने बताउनुभयो ।