आनन्द भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समितिले पायो पूर्णता, अध्यक्षमा पुनः थापा

मूलपानी, ५ पौष: कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी रहेको आनन्द भैरव माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन भएको छ। शनिबार सम्पन्न बैठकले नयाँ समिति गठन गरेको हो ।

जेष्ठ सदस्य शंकर विष्टको अध्यक्षतामा सम्पन्न बैठकले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको अध्यक्ष शंकर थापा चयन हुनु भएको हो । नवगठित समितिले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन सुधारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नवगठित विद्यालय व्यवस्थापन समिति यस प्रकार रहेको छः

शंकर थापा — अध्यक्ष

शंकर विष्ट — सदस्य

विष्णु कुमारी बस्नेत — सदस्य

गीता मैनाली — सदस्य

भीमसेन न्यौपाने — सदस्य

शर्मीला कार्की थापा — सदस्य

शिक्षक प्रतिनिधि — सदस्य

भक्त थापा — का.वडा अध्यक्ष/पदेन सदस्य

सरस्वती थापा कार्की — प्र.अ./सदस्य–सचिव