काठमाडौं (बाबाचोक) कात्तिक । कागेश्वरी मनोहरा नगर अस्पतालमा लालबन्दी नगरपालिका वासुदेव अधिकारी नेतृत्वको टोलीले भ्रमण गर्नु भएको छ । टोलीलाई कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले स्वागत गर्नुभएको थियो।

सो क्रममा नगर प्रमुख कार्कीले कागेश्वरी मनोहरा नगर अस्पतालले पछिल्ला वर्षमा देखाएको उल्लेखनीय सेवा विस्तार, गुणस्तरीय स्वास्थ्य उपचार, आधुनिक उपकरणहरूको प्रयोग र प्रभावकारी व्यवस्थापनको विस्तृत जानकारी गराउनुभयो।

अस्पतालले स्थानीय समुदायमा मात्र होइन, नजिकका नगर–नगरपालिका र टाढाका बासिन्दासमेतलाई सहज र भरोसायोग्य सेवा दिँदै आएको प्रस्तुतिप्रति टोलीले सराहना गरेका थिए । आगन्तुक टोलीसँग अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले अस्पतालको हालको सेवा, चुनौती र विस्तार योजनाबारे विस्तृत जानकारी गराउनुभयो ।

लालबन्दी नगरप्रमुख अधिकारीले अस्पतालको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै भन्नुभयो, “कागेश्वरी मनोहरा नगर अस्पतालले देखाएको अनुशासन, व्यवस्थापन र विस्तारको गति स्थानीय स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण हो।






