कागेश्वरी मनोहराको विभिन्न विकास निर्माण कार्यको अनुगमन

कागेश्वरी मनोहरा (थली ) : कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक शान्ता थापाको नेतृत्वमा नगरपालिका क्षेत्रका विभिन्न विकास–निर्माण परियोजनाहरूको अनुगमन सम्पन्न गरिएको छ।

प्राविधिक टोलीसहित गरिएको अनुगमनमा कामको अवस्था, गुणस्तर र आवश्यक सुधारका पक्षहरू सूक्ष्म रूपमा मूल्यांकन गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमनका मुख्य स्थानहरूः

वडा नं. ९ — कमलथलि मन्दिर तथा पार्क निर्माण कार्य

वडा नं. ६ — विशेश्वर महादेव मन्दिर निर्माण कार्य

वडा नं. ४ — नेपाल टेलिकम–चाँगू सडक खहरे संरचना तथा सुवेदी गाउँ सडक ढलान कार्य

वडा नं. २ — सूर्यमण्डली तामाङ गुम्बा पूजा घर निर्माण कार्य

वडा नं. १ — पुवर खड्का कुल पूजा मन्दिर निर्माण तथा कागेश्वरी धाम निर्माण कार्य

अनुगमनका क्रममा भइरहेका कामहरूको अवस्था उत्साहजनक रहेको उल्लेख गर्दै उपप्रमुख शान्ता थापाले आवश्यक स्थानमा सुधार तथा द्रुतगतिले काम सम्पन्न गर्न निर्देशन दिनु भयो ।

“नगरवासीको अपेक्षाअनुसार गुणस्तरीय विकास निर्माण सुनिश्चित गर्नु हाम्रो दायित्व हो,” उपप्रमुख थापाले भन्नू भयो ।

नगरपालिकाले आगामी दिनमा पनि नियमित अनुगमन र प्रत्यक्ष निगरानीलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।