काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्ना स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई औषधि तथा औषधिजन्य सामग्री व्यवस्थापनका लागि ‘पाम्स भी टु (PAMS V2)’ सफ्टवेयर सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी र स्टोर व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरी २५ जना सहभागी भएका थिए।
आर्थिक वर्ष २०८२/८३ देखि ELMIS सफ्टवेयर बन्द भएसँगै अब स्वास्थ्य सामग्रीको स्टोर व्यवस्थापन कार्य ‘पाम्स भी टु’ सफ्टवेयरमार्फत अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएकाले तालिम आयोजना गरिएको स्वास्थ्य शाखा स्टोर प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
काठमाडौं जिल्लामै यस किसिमको तालिम सञ्चालन गर्ने पहिलो नगरपालिका कागेश्वरी मनोहरा भएको नगरपालिकाले जनाएको छ।
तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले ‘पाम्स भी टु’ सफ्टवेयरले नगरपालिकाका स्वास्थ्य स्टोरमा रहेका औषधि तथा उपकरणहरूको व्यवस्थापन, निरीक्षण, माग–आपूर्ति र मौज्दात विवरण अद्यावधिक गर्न सहज बनाउने बताउनुभयो ।
उहाँका अनुसार, “यो प्रणाली लागू भएपछि नगरदेखि वडासम्मको स्वास्थ्य सामग्री व्यवस्थापन पारदर्शी र दिगो बन्नेछ।





