एमाले काठमाडौं–२ मा महाधिवेशन प्रतिनिधि चयन : को–को भए विजयी, कसले पाए कति मत ?

थली (कागेश्वरी मनोहरा) – नेकपा एमाले काठमाडौं क्षेत्र नं २ बाट ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भएको छ । ६ प्रतिनिधि छान्न १४ जनाले उम्मेदवारी दिएकोमा खुला तर्फ २ स्थानका लागि ७ जनाबीच प्रतिस्पर्धा भएको थियो। यस अन्तर्गत मणिराम फुयालले सबैभन्दा धेरै ५२९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै सानु कुमार श्रेष्ठले २८६ मत प्राप्त गर्दै चयन हुनुभएको छ।

अन्य खुला उम्मेदवार उपेन्द्र पौडेलले २३२, भगवानप्रसाद दाहालले १५६, गोकुल रिजालले ९६, शम्भुप्रसाद दुलालले ८४ र होमनाथ आचार्यले ४१ मत प्राप्त गर्नुभएको छ।

युवा तर्फ आवश्यक एक प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेकोमा नवराज दाहालले सबैभन्दा धेरै ३०१ मत पाई चयन हुनुभएको छ। अन्य उम्मेदवारमध्ये सुरेश चापागाईंले २६३, ज्ञानी ढकालले १२६ र मुक्तिप्रसाद दाहालले २८ मत प्राप्त गर्नुभएको छ।

महिला तर्फ २ स्थानका लागि ३ जनाबीच प्रतिस्पर्धा हुँदा शोभा कार्कीले सबैभन्दा बढी ५६३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै कागेश्वरी मनोहरा नगर उपप्रमुख शान्ता थापाले ५०४ मतसहित चयन हुनुभएको छ। यसै समूहमा उम्मेदवारी दिनुभएका सृजना भेटवालले ३०१ मत प्राप्त गर्नुभएको छ।